तृणमूल नेता कृष्ण दासमाथि हमला

IMG-20230603-WA0136.jpg

जलपाईगुडी: शुक्रबार राति जलपाईगुडी सदर ब्लकको पटाकाटा ग्राम पञ्चायतको रंगधामाली नजिकै रहेको डोडुलिया स्वास्थ्य केन्द्र क्षेत्रमा केही बदमाशहरूले तृणमूलको एससी, एसटी, ओबीसी सेलका जिल्ला अध्यक्ष कृष्ण दासमाथि हमला गरेकाे जानकारी प्राप्त भएको छ। स्थानीय स्रोतका अनुसार जलपाईगुडी सदर ब्लकको बारोपेटिया र पटाकाटा ग्राम पञ्चायतका उपप्रमुख लगायत क्षेत्रका केही व्यक्तिहरूले कृष्ण दासको नेतृत्व यस क्षेत्रमा अवैध मदिरा बिक्री र असामाजिक गतिविधिहरू रोक्न अभियान चलाएका थिए। त्यसपछि केही बदमाशहरूले तृणमूल नेतालाई अचानक आक्रमण गरे। घटनामा तृणमूल नेता कृष्ण दास र अर्का एक जना गम्भीर घाइते भएका छन्। उनलाई राति जलपाईगुडी मेडिकल कलेज अस्पतालमा प्राथमिक उपचार पछी राम्रो उपचारका लागि सिलगढीको एक निजी अस्पतालमा लगिएको थियो। तृणमूल नेता कृष्ण दासले भने, ‘पटाकाटा ग्राम पञ्चायत प्रमुख प्रधान हेम्ब्रमसँग मिलेर अवैध मदिरा बिक्रीको बारेमा मानिसहरूलाई सचेत गराउन अभियान चलाएको थियो। त्यसबेला त्यहाँका धेरै भाजपा कार्यकर्ताले केही बदमाशहरूसँग मीलेर ममाथि आक्रमण गरे।’ पाटाकाटा ग्राम पञ्चायतका प्रमुख हेमब्रमले भने, जलपाईगुडी कोतवाली थानाले घटनाको अनुसन्धान गरिरहेको छ। यस घटनामा प्रहरीले धेरैलाई पक्राउ गरिसकेको छ। अर्को तिर तृणमूलकाे आरोप लाई खारिज गर्दै भाजपा जिल्ला सचिव श्याम प्रसादले भने कि ‘भाजपा नेता र कार्यकर्ताहरूले तृणमूललाई आक्रमण गर्दैनन्। यसको विपरीत, तृणमूल नेताहरूले भाजपा नेताहरूलाई आक्रमण गरछन्। भूतहरू तृणमूलभित्रै छन्। वास्तविक अनुसन्धानले मात्रै आक्रमणको वास्तविक कारण खुल्नेछ।’

About Author

Advertisement