तृणमूल द्वारा बाइक ऱ्याली सम्पन्न

IMG-20220715-WA0168.jpg

कालचिनी: आगामी २१ जुलाईको दिन कलकत्ताको धर्मतलामा सम्पन्न हुने शहीद दिवसलाई ध्यानमा राखेर आज तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट विशाल बाइक ऱ्यालीको आयोजना गरियो। भारत भोटाङ सिमान्त जयगाउँको एनएस रोड भोटाङ गेट नजीकबाट विहान बाइक ऱ्याली शुरु गरिएको थियो। उक्त बाइक ऱ्यालीलाई हरियो झण्डी देखाउँदै जेडीए चेयरम्यान गङ्गा प्रसाद शर्माले प्रस्थान गरेको थियो भने मोटरबाइक ऱ्यालीलाई तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूल जयगाउँ २ नम्बर अञ्चल सभापति अब्दुल मनिक मीयाँ एवम् अन्यान्यले नेतृत्व दिएको थियो।
उक्त ऱ्याली जयगाउँबाट दलसिंहपाड़ा हुँदै हाँसीमारा, सुभाषिनी, मेन्दाबारी, साताली, गोदामडाबरी हुँदै हेमिल्टनगञ्ज, कालचिनी, गारोपाड़ा हुँदै अन्ततः राजाभातखावामा पुगेर समापन गरिएको थियो। बाइक ऱ्यालीको उद्देश्य आगामी २१ जुलाईको दिन सबै तृणमूल नेता, कर्मी औ समर्थकहरुलाई दलबलको साथमा कलकत्ता धर्मतलामा जान आह्वान गर्नलाई रहेको तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले जनाएका छन।

About Author

Advertisement