तृणमूल कांग्रेसद्वारा राज्यपाल सीभी आनन्द बोस विरुद्ध निर्वाचन आयोगमा उजुरी दायर

ECI-2

कोलकाता: तृणमूल कांग्रेसले पश्चिम बंगालका राज्यपाल डा. सीभी आनन्द बोस विरुद्ध निर्वाचन आयोगमा उजुरी दायर गरेको छ। बिहीबार तृणमूल कांग्रेसले राज्यपाललाई राज्यको आगामी लोकसभा चुनावमा कथित हस्तक्षेप गरेको आरोप लगाएको छ। यसै क्रममा राज्यपालले आफ्नो प्राथमिकता बंगालका जनताको साथमा रहेको बताएका छन्। उजुरीमा, तृणमूल कांग्रेसले राज्यपाललाई मतदानको दिनको ‘शान्त अवधि’ मा भ्रमण गरेको आरोप लगाएको छ। ‘आगामी लोकसभा चुनावमा बारम्बार हस्तक्षेप गरेको, र मौन अवधिमा अनि मतदानको दिन निर्वाचन क्षेत्रहरू भ्रमण गर्ने प्रयास गरेकोमा राज्यपाल सीभी आनन्द बोस विरुद्ध निर्वान्चन आयोगमा उजुरी दायर गरिएको छ’, एक तृणमूल कांग्रेसका नेताले भने। राज्यपाल १९ अप्रेलमा कोचबिहार जान चाहन्थे।

यसैबीच, यस सम्पूर्ण मामिलामा राज्यपालको बयान पनि अघि आएको छ, जसमा उनले संविधान अन्तर्गत आफूलाई आउन र जाने अनुमति दिएको बताएका छन्। राज्यपालले भने, ‘मेरो प्राथमिकता बंगालका जनतासँग छ। मेरो फोकस राज्यमा हिंसा विरुद्ध लड्नु हो, विशेष गरी चुनावको समयमा। मेरो भ्रमण यसै उद्देश्यले भएको हो, तर राज्यपालको कार्यालयलाई राजनीतिकरण गर्ने प्रयास भइरहेको छ। म कसैलाई पनि राज्यपाल पदको गरिमा कम गर्न दिने छुइनँ।‘

About Author

Advertisement