तृणमूल कांग्रेसका अझ एक विधायक विरूद्ध सीबीआई जाँचको आदेश

Screenshot_20230418_222654_Google.jpg

कोलकाता: कलकत्ता हाईकोर्टले पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचारको क्रममा राज्यको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसको अझ एक विधायक विरूद्ध सीबीआई जाँचको आदेश दिएको छ। नदिया जिल्लाको तेहटबाट विधायक तापस साहा विरूद्ध न्यायाधीश राजशेखर मन्थाको एकल पीठले जाँचको आदेश दिएको छ। तृणमूल विधायक विरूद्ध साल २०२० मा नौकरीको नाममा रूपियाँ असूली गरेको शिकायत दर्ता गराइएको थियो। पुलिसले यस मामिलाको जाँच गरेको छ। यसपछि जाँच अघि बढिरहेको थिएन। त्यसैलाई लिएर सीबीआई जाँचको माग गरिएको याचिका लगाइएको थियो, जसमा मंगलवार न्यायाधीशले आदेश दिएका छन्।कोर्टले भनेको छ, पुलिससित तत्काल सबै दस्तावेज लिएर त्यसमा भ्रष्टाचार सम्बन्धित अन्य मामिलाहरूको साथ यसलाई जोड्नपर्नेछ। विधायकसित तत्काल सोधपुछ गर्नपर्नेछ।

About Author

Advertisement