तृणमूल कङ्ग्रेसको एससी एसटी ओबीसी सेलद्वारा नयाँ वस्त्र वितरण

IMG_20220925_193716.jpg

राजगञ्ज: तृणमूल कङ्ग्रेसको एससी एसटी ओबीसी सेलको तर्फबाट दुर्गा पुजाको अवसरमा आज आवश्यकमन्द मानिसहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। राजगञ्ज खण्डको बिन्नागढी ग्राम पञ्चायतको तृणमूल कङ्ग्रेसको एससी एसटी ओबीसी सेलको पहलमा हरिचरणभिटा गाउँमा लगभग ३०० जना गरिब महिलाहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। यस अवसरमा जलपाईगढी जिल्लाको तृणमूल कङ्ग्रेसको एससी एसटी ओबीसी सेलका जिल्ला सभापति कृष्ण दासले महिलाहरूलाई वस्त्र वितरण गरे। यस विषयमा कृष्ण दासले भने, दुर्गा पुजामा धेरैजना असहाय महिलाहरूले नयाँ साडी किन्न सक्दैनन्। यसैले तिनीहरूको मुहारमा खुसी ल्याउने उद्देश्यले तृणमूल कङ्ग्रेसको एससी एसटी ओबीसी सेलको तर्फबाट आज तिनीहरूलाई नयाँ लुगाफाटा वितरण गरिएको हो।

About Author

Advertisement