तृणमूलबाट भाजपामा सामेल

IMG-20220710-WA0206.jpg

कालचिनी: भाजपाले आफ्नो संगठनलाई बलियो पार्दै लैजाने क्रममा आज कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायतको गङ्गुटिया चियाबारीबाट ३० परिवारले तृणमूल त्याग्दै भाजपामा सामेल भएको जनाएका छन्। आज उक्त योगदान कार्यक्रममा कालचिनी विधायक विशाल लामा लगायत भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामा एवम् भाजपा युवा औ महिला मोर्चाका नेता औ समर्थकहरूको उपस्थिति रहेको थियो।
भाजपा नेता उत्तम लामाले सत्तारूढ़ तृणमूलबाट अब विस्तारै जनताहरू विरक्तिनु थालेकोले जनताहरू भाजपामा सामेल हुने क्रम चलिरहेको जनाएका छन्।

About Author

Advertisement