कालचिनीः सयदिने कामको रोज पाउन पार्टीले शुरु गरेको चिट्ठी सङ्ग्रह अभियान अन्तर्गत आइतबार कालचिनी खण्डको गारोपाड़ा अञ्चल कमिटीलाई लिएर गंगुटिया चियाबारीमा दलीय सभा सम्पन्न भएको जानकारी तृणमूल सुत्रले दिएका छन्।
उक्त सभामा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूल नेता हैदर अली अन्सारी एवम् गारोपाड़ा अञ्चल सभापति घुरन महली, गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामा, तृणमूल नेतृ निर्मला माझी एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
पार्टीलाई बलियो बनाउन बुथलाई दह्रो बनाउने साथै क्षेत्रको गरीब दुखी मानिसहरूको सेवा साथै सयदिने कामको रोज किन जनताले पाएका छैनन् यसबारे घर दैलोमा पुगेर जनतालाई सचेत गर्ने आह्वान तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले गरेका थिए।










