तृणमूलका ५० कर्मीहरू कङ्ग्रेसमा सामेल

ef45c9ee-8a36-42f0-a9f8-5a7abd2e7a35-1

जलपाइगढी: फुलबारी ब्लकको जोतियाकालीको जयदेव भिटामा ५० तृणमूल कङ्ग्रेस समर्थकहरू राष्ट्रिय कङ्ग्रेसमा सामेल भएका छन्। तिनीहरू सबै प्रदेश कङ्ग्रेसका निर्मल घोष दस्तीदार र जिल्ला युवा कङ्ग्रेस अध्यक्ष बापी चौधरीको उपस्थितिमा कङ्ग्रेस प्रवेश गरेका हुन् ।आजको कार्यक्रममा फुलबारी ब्लक कङ्ग्रेस अध्यक्ष नागेन्द्रनाथ राई, कङ्ग्रेस नेता अमलन मुन्शी, पूर्व प्रदेश युवा कङ्ग्रेस सचिव गणेश घोष, जलपाइगढी जिल्ला कङ्ग्रेस सचिव रोहित सिंह, क्षेत्रीय अध्यक्ष जैनुल मोह, युवा नेता उस्मान गनी, अधिवक्ता तारकनाथ बन्दोपाध्याय र अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। बैठकमा प्रदेश कङ्ग्रेस उपाध्यक्ष निर्मल घोष दस्तीदारले आफ्नो धारणा राखेका थिए । यी व्यक्तिहरु पार्टीमा प्रवेश गरेपछि पार्टी थप सुदृढ हुने तिनको भनाइ छ ।

About Author

Advertisement