तृणमूलका चार पञ्चायत सदस्य भाजपामा सामेल

IMG-20230528-WA0320-5-300x172-5

कुचबिहारः कुचबिहार-१ ब्लकको जीरनपुर ग्राम पञ्चायतमा तृणमूल कांग्रेसलाई धेरै ठूलो झटका लागेको छ। पञ्चायत बोर्ड गठनअघि तृणमूलका चार सदस्य पार्टी छोड़ेर भाजपामा सामेल भएका छन्। शुक्रवार भाजपाका जिल्लाध्याक्ष सुकुमार रायले चारै जनालाई पार्टीको झण्डा दिएर दलमा सामेल गरे। तृणमूल छोड़ेर भाजपामा सामेल हुने तृणमूलका चार पञ्चायत सदस्यको नाम पूजा देवी बर्मन, गोकुल राजभर, पुष्पेन सिंह र मोनिका बर्मन बताइएको छ। १४ सीटको जीरनपुर ग्राम पञ्चायतको सत्ता कसको हातमा जानेछ, यसलाई लिएर प्रश्न चिह्न खड़ा भएको छ।

भाजपाका जिल्लाध्यक्ष सुकुमार राय अनुसार, भाजपामा सामेल भएका चारै सदस्यको स्वागत गर्दछौं। पार्टीको आगामी कदम जीरनपुर ग्राम पञ्चायतको बोर्ड बनाउनु हो। भाजपामा सामेल भएका पञ्चायत सदस्यहरूले तृणमूल कांग्रेसमा स्वतन्त्र रूपमा काम गर्ने अवसर नपाइएको आरोप लगाएका छन्, जसले गर्दा आफ्नो सम्मानको निम्ति उनीहरू भाजपामा सामेल भएका छन्।

About Author

Advertisement