तुलाराम उप्रेतीलाई बधाई दिए सिक्किमका राज्यपालले

गान्तोक: ९८ वर्षीय तुलाराम उप्रेतीलाई कृषि क्षेत्रमा जैविक खेती अभ्यासको निम्ति चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्री पुरस्कारको निम्ति सिक्किमका राज्यपाल गंगा प्रसादले हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले कृषि क्षेत्रमा उनको परिश्रम, लगन र समर्पित भाव सबैका लागि प्ररेणाको स्रोत बताएका छन्। राज्यपालले उनको उत्तम स्वास्थ्य र कृषि क्षेत्रमा भविष्यका प्रयासहरूमा अझ धेरै उर्जावान बनेर उत्साहपूर्वक कार्य गरुन् भनी मंगलकामना गरेका छन्।

About Author

Advertisement