तुलसीपाडा चियाबारीमा ३०औं नेपाली भाषा मान्यता दिवस मनाइने

03c869bfd-14f0-46fd-b442-460c38844d45

वीरपाडा: तुलसीपाडा चियाबारी कोइली क्लब परिसरमा समाजसेवी रोशन ठटालको तत्परतामा स्थानीय समाज सचेतक तथा गाउँका सम्पूर्ण महानुभावहरूलाई लिएर आगामी २० अगस्त २०२२ मा सम्पन्न हुन गइरहेको भाषा मान्यता दिवस कार्यक्रमलाई लिएर एक जरूरी सभा समाजसेवी धिरज गोलेको अध्यक्षातामा बसियो|

  उक्त सभामा गाउँका शुभचिन्तक, भाषा प्रेमीहरूको बाक्लो उपस्थितिलाई सम्बोधन गर्ने क्रममा समाजसेवी रोशन ठटाल, सन्तवीर तामाङ, संजोग राई, कुन्दन लामा, शरण लामा, राजकुमार गुरुङ  आदिले भाषा मान्यता दिवस भव्य रुपमा विभिन्न सांस्कृतिक कार्यक्रमको साथ मनाउन पर्ने विषय माथि आ आफ्नो विचार राखे र सोही कार्यक्रमको अभिभारा आयोजक समिति तयार  गरियो जसमा सभापति धिरज गोले, उपसभापति रोशन लामा, सन्तवीर तामाङ, सचिव संजोग राई, सहसचिव राजकुमार गुरुङ, पर्नेस गोले, कोषाध्यक्ष शरण लामा र सह कोषाध्यक्ष कुन्दन लामा  सल्लाहकारमा सेतुमान दास, राजु कामी, रोशन ठटाल, अर्जुन लामा, सुरज तामाङ लगायत १२ जना सदस्यहरू चयन गरियो | कार्यक्रममा भाषा मान्यता दिवसबारे वार्ता, माध्यमिक, उच्च माध्यमिक परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरूलाई प्रोत्साहन, भानु स्मरण समारोह लगायत सांस्कृतिक कार्यक्रम गरिने रोशन ठटालले बताएका छन्|

About Author

Advertisement