तुमिन लिङ्गीमा आयुष्मान भारत कार्ड वितरण

IMG-20250309-WA0283

गान्तोक: प्रदेश भाजपा अध्यक्ष डीआर थापाको निर्देशनमा भाजपा सिक्किमले आज तुमिन लिङ्गी निर्वाचन क्षेत्रअन्तर्गत कोकोलेमा आयुष्मान भारत कार्ड वितरण शिविर आयोजना गर्यो । शिविरमा जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा, प्रवक्ता पासाङ ग्याली शेर्पा, मिडिया इन्चार्ज निरेन भण्डारी, जिल्ला महासचिव पीके न्योपाने, मण्डल अध्यक्ष प्रेम छेत्री, मण्डल कार्यकारी महेन्द्र रेग्मी, गीतानाथ भट्टराई उपस्थित थिए। अभियानको क्रममा, ज्येष्ठ नागरिकबाट योग्य लाभार्थीहरूलाई मोदी सरकारको पीएमजेएवाई योजनाअन्तर्गत ५ लाख रुपियाँ बराबरको आयुष्मान भारत कार्ड प्रदान गरिएको थियो। लाभार्थीहरूले उक्त लाभहरू उनीहरूको घरदैलोमै प्राप्त गर्न सफल भएको उल्लेख प्रेस बयानमा गरेको छ।

About Author

Advertisement