तीन महिनादेखि हराएका छोरा खोज्दै वृद्ध आमा

IMG-20241224-WA0216

जलपाईगढी:  तीन महिनादेखि आफ्नो हराएको छोरालाई वृद्ध आमाले खोजीमा गरिरहेकी छन्। धुपगढीको खलिग्राम महकुमामको गऊ  बारी क्षेत्रका निरोद रोय तीन महिना अगाडि कसैलाई जानकारी नदिइ घरबाट बाहिरिएका थिए। त्यसपछि उनको परिवारले सबै ठाउँमा खोजी गरे पनि उनी फेला परेनन्। आफन्तजनदेखि छिमेकी जिल्ला सबै ठाउँमा खोजी गर्दा पनि उनको कुनै अत्तोपत्तो लागेन। जानकारीअनुसार, निरोदकी श्रीमतीको धेरै अगाडि नै निधन भइसकेको छ। उनको परिवारमा उनकी वृद्ध आमा मधुबाला रोय र उनका छोरा मात्र छन्। मधुबाला रोयले भनिन्, “मेरो छोरा तीन महिनादेखि हराएको छ। मैले पुलिसरीमा हराएको उजुरी पनि दिएकी छु। मैले धेरै ठाउँमा खोजी गरेँ तर छोरा भेटिएन। मेरो नाति लगातार आफ्ना बाबुको लागि रोइरहेको छ। म अत्यन्तै गरिबीमा परिवार पाल्दैछु।” यो घटनाले परिवारलाई ठूलो मानसिक र आर्थिक बोझ परेको छ, तर उनीहरू अझै पनि निरोदको सुरक्षित घरफिर्तीको आशा गरिरहेका छन्।

About Author

Advertisement