तीन पशु तस्कर पक्राउ, मेघालय पठाइरहेका १३ पशु उद्धार

IMG-20230410-WA0169-11-300x172-1

ग्वालपाड़ाः ग्वालपाड़ा पुलिसले तस्करी गरिएका १३ गाईलाई जफत गरेको छ। यस मामिलामा ग्वालपाड़ामा तीन पशु तस्करहरूलाई पक्राउ गरिएको छ।

पुलिस सूत्रहरू अनुसार, ग्वालपाड़ा जिल्ला मुख्यालय पुलिसले गुप्त सूचनाको आधारमा हिजो राति कारखाना बजार क्षेत्रबाट ग्वालपाड़ादेखि मेघालय पठाइरहेको समय गाईहरूलाई जफत गऱ्यो। यस सम्बन्धमा पुलिसले तीन तस्करलाई पक्राउ गरेको छ। जसको पहिचान मनोवर अली, राइजुद्दीन र जियारूलको रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।

-हिस

About Author

Advertisement