तीन दिवसीय सिक्किम भ्रमण केन्द्रिय गृह राज्य मन्त्री मिश्राको समाप्त

22-38-09-home_69_H@@IGHT_0_W@@IDTH_600.jpg

गान्तोक: केन्द्रिय गृह मामिला राज्य मन्त्री अजय कुमार मिश्राले आफ्नो तीन दिवसीय सिक्किम भ्रमण पूरा गरेर आज अन्तिम दिन केन्द्रिय मन्त्रीले नाम्चीको सिद्धेश्वर धामको भ्रमण गरे। यस भ्रमण अवधि उनीसँग प्रीन्सिपल स्टाफ अफिसर योगेश शर्मा र उनीका पीए लव कुमार सिंह पनि थिए। आफ्नो भ्रमणको क्रममा केन्द्रिय मन्त्रीले टाशीलिंग सचिवालय र नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा विभागीय प्रमुखहरूसँग बैठक गरे। उनले लोअर घुर्मिसेमा आईसीडीएस सेन्टर र मटारमा हेल्थ एण्ड वेलनेश सेन्टरको पनि भ्रमण गरे।

About Author

Advertisement