तीन दिवसीय खुला ब्याटमिण्टन प्रतियोगिता आरम्भ

सिङताम। निर्मला देवी फाउण्डेशन अनि सिङताम नगर पञ्चायतको सहयोगमा सिङताम ब्याटमिण्टन क्लबद्वारा आयोजित तीन दिवसीय खुला ब्याटमिण्टन प्रतियोगिता आजदेखि शुरु भयो। राज्यका ग्रामीण विकास विभागीय मन्त्री सोनाम लामा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार टीएन ढकाल, नगर पञ्चायत अध्यक्ष सुरेश तामाङ, गान्तोक जिल्लाका अध्यक्ष बलाराम अधिकारी, किशोर छेत्री लगायत अन्यको उपस्थिति रहेको थियो।
मुख्य अतिथि मन्त्री सोनामा लामा लगायत अन्यले खेलाड़ीहरूसँग भेट गर्दै उनीहरूलाई प्रतियोगिताको निम्ति शुभकामना दिए।

About Author

Advertisement