तीन दिवसीय अखिल भारतीय तामाङ बौद्ध संघको ३६औं वार्षिक अधिवेशन शुरु

IMG-20240124-WA0248.jpg

दार्जीलिङ अखिल भारतीय तामाङ बौद्ध संघको ३६औं वार्षिक अधिवेशनको सोरेङमा शुरु भएको छ। अखिल भारतीय तामाङ बौद्ध संघको ३६ औं वार्षिक अधिवेशन रङ्ली रङ्लीयट तकदाह खण्डको सोरेङ जन मैदानमा मंगलबारदेखि शुरु भएको छ।
मंगलबार प्रथम दिन संघको अध्यक्ष राजमान स्याङ्बोले देशको राष्ट्रिय झण्डा उत्तोलन गरे भने बौद्ध धर्मगुरु पाल्देन साङ्गे लामाको बाहुलीबाट पञ्चशीलको झण्डा उत्तोलण गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा जीटीएको मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए। कार्यक्रममा नानीहरुमाझ जातीय भेषभूषा प्रदर्शनी अनि दिलकुश तामाङको शब्दमा रहेको माई पाराङ गीति एल्बम डा महेन्द्रपी लामाको बाहुलीबाट विमोचन गरियो साथै धर्ममाथि आधारित दुईवटा पुस्तकको पनि अतिथिहरुको बाहुलीबाट लोकार्पण गरियो। स्व पीएल मोक्तान मञ्चमा सप्पन्न भएको ३६औं वार्षिक तामाङ अधिवेशनको दोस्रो दिन प्रमुख अतिथिको रूपमा पूर्व एडीएम गोपाल लामा उपस्थित थिए। उनको बाहुलीबाट विभिन्न तहमा सहयोग पुराउने तामाङ सन्तानहरूलाई सम्मान पत्र प्रदान गरेर सम्मान जनाईयो। अदिति मोक्तान, पुष्कर सिङ्गर अनि अनुप योञ्जन, लाक्पा तामाङले सञ्चालन गरेको समारोहमा नानीहरुमाझ तामाङ भाषालाई बचाई राख्न हाजिरी जवाब प्रतियोगिता सप्पन्न गरिएको छ। त्यसरी नै तामाङ संस्कृतिलाई जगेरा गर्न नृत्य प्रतियोगिता पनि सम्न्न भयो। तीन दिने वार्षिक तामाङ अधिवेशनको अन्तिम दिन २५ जनवरी २०२४ को दिन बौद्ध धर्मगुरु रिम्पोर्छेको बाहुलीबाट अभिषेक ग्रहण अनि आशिर्वाद प्रदान गरिने जानकारी प्राप्त भएको छ।

About Author

Advertisement