तीन घण्टाको पानीले ठेकादार र विभागीय अधिकारीको पोल खोलेको आरोप

IMG-20230802-WA0282.jpg

जनताको पैसालाई यसरी बर्बाद नगरी दिनोस्: सभासद सन्नी बम्जन

दार्जीलिङ: तीन घण्टाको पानीले ठेकादार र विभागीय अधिकारीहरूको पोल खोलेको हाम्रो पार्टीले आरोप लगाएका छन्। गत केही अघि मात्र निर्माण गरिएको तकदाह ग्लेनवर्ण समष्टीको बाटोलाई हिज मंगलबार राती परेको पानीले लथालिङ्गै बनाएको छ। यसै सन्दर्भमा तकदाह ग्लेनर्वण समष्टीको सभासद सन्नी बम्जनले बताए अनुसार हिज मंगलबार राती परेको पानीले निर्माण अधीनमा रहेको बाटोमा ढुङ्गा, बलुवा आदि जस्ता सर सामाग्रीहरू राखिएकोले उक्त सामाग्रीहरूमा आकाशबाट परेको पानी ठोकिन्दा अन्य मानिसको घरमा पानी पसेको खबर पाएपछि उक्त घरको निरीक्षण गरेर फर्किन्दै गर्दा आफुले बाटोको यस्तो अवस्था देख्दा आफूलाई नै नरमाइलो लागेको बताए। सभासद बम्जनले भने, विगतका दिनमा यो बाटोलाई ठूलो विषय बनाएको थियो। बाटोको निर्माण गर्छ अनि गरिनु पनि पर्छ तर तीन घण्टाको पानीले बाटोमा बिछाएको अलकत्र पत्र पत्र हुने यो कस्तो खालो बाटो बनाएको हो। अब यो बाटोको जीर्णोद्वारको कार्य हुँदा गाउँलेहरू पनि सचेत बन्ने सभासद बम्जनले आह्वान् गरे।

उनले अघि भने, बाटोको निर्माण कार्य ठीकसंग भएको छैन भने आफुलाई सूचित गर्ने आह्वान् गर्दै मलाई तपाईहरूले भोट दिएर सभासद निर्वाचित गर्नु भएको हो। जनताको पक्षमा काम भएको छ की छैन भन्ने विषयमाथि नजर राख्ने मेरो दाहित्व पनि हो सभासद बम्जनले भने। यो भिडियो मैले आफ्नो प्रचार प्रसार गर्नलाई गरेको होइन,ठेकादार र सम्बधित विभागीय अधिकारीहरूको कानसम्म पूगोस भन्ने मेरो प्रयास मात्र हो तिनले भने। हामीले सुन्नमा आए अनुसार यो बाटोको निर्माण कार्यको राशी ४५ करोड रूपियाँको गलनीमा निर्माण गरिएको हो भन्ने भनाई छ।

यो ४५ करोड रूपियाँ जनताको पैसा हो, त्यसकारण ठेकादार साहेव अनि विभागीय अधिकारीहरूले जनताको पैसालाई यसरी बेफालतुमा नाक्सान नगरी दिने सभासद बम्जनले अनुरोध गरेको छ।तिनले अधि भने यो बाटोको निर्माण कार्य पीडुब्लूडीले गरेको हो तर दुखको कुरा तीन घण्टाको पानीले नै बाटोमा विछाएको अलकत्र पत्र पत्र हुनु भनेको योभन्दा ठूलो शरमको विषय शायद अरू छैन होला सभासद बम्जनले भने।

About Author

Advertisement