तीनधारे महानदी समष्टि स्तरीय फूलपाती शोभायात्रा कार्यक्रम आयोजना गरिने

IMG-20220916-WA0121.jpg

खरसाङ: यसपाली तीनधारे महानदी समष्टि स्तरीय फूलपाती शोभायात्रा कार्यक्रम आयोजना गरिने भएको छ। यस विषयमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको उपस्थितिमा तीनधारेको गोलाई पाखास्थित मित्र संघमा सनबहादुर तामाङको एक सभा सम्पन्न भएको छ। उक्त सभामा नै यसपाली तीनधारे महानदी समष्टि स्तरीय फूलपाती शोभायात्रा कार्यक्रम आयोजना गरिने भएको छ। उक्त सभामा नै यसपाली तीनधारे महानदी समष्टि स्तरीय फूलपाती शोभायात्रा कार्यक्रमको लागि कमिटी पनि गठन गरिएको छ। उक्त कमिटीमा सभापति क्षेत्रीय सभासद नवराज छेत्री, उप सभापति सञ्जीव मंगर र मिलन प्रधान, सचिव युवराज सुन्दास, सह सचिव बिनय छेत्री र प्रणय गुरुङ, कोषाध्यक्ष सचिन प्रधान र सनबहादुर तामाङ, सल्हाकार समितिमा राजीव थापा, रञ्जित थापा, साजन दर्जी, निरा प्रधान, सुदन लकान्द्री, रबि सुब्बा, रबीन गजमेर, भिशन थापा अनि प्रचार प्रसार सचिव नवराज राई चयन गरिएको छ। यसपाली तीनधारे महानदी समष्टि स्तरीय फूलपाती शोभायात्रा कार्यक्रममा सांस्कृतिक झाँकी प्रतियोगिता, लोक नृत्य प्रतियोगिता र मालश्री प्रतियोगिता हुने भएको छ भने स्थानीय कलाकरहरूलाई पनि मौका दिइने भएको छ। यसको साथै कार्यक्रममा सम्बर्ध्दना कार्यक्रम पनि गरिने भएको छ। यस विषयमा फूलपाती शोभायात्रा कार्यक्रमको सचिव युवराज सुन्दासले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement