तीनधारे महानदी समष्टि क्षेत्रमा गायक प्रशान्त तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण

IMG-20260112-WA0104

खरसाङ: पहिलो नेपाली ईण्डियन आईडल बनेका गायक प्रशान्त तामाङको पार्थिव शरीरलाई दिल्लीबाट बाघडोगरा हवाई अड्डा हुँदै सिलगढी भएर राष्ट्रिय राजमार्ग ११० भएर दार्जिलिङ लगिएको थियो। यसावधि प्रशान्त तामाङको पार्थिव शरीरलाई तीनधारे, घैयाबारी र महानदी क्षेत्रमा पनि उनको फ्यानहरुले श्रध्दाञ्जली अर्पण गरेका थिए।‌ प्रशान्त तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नलाई तीनधारेको विभिन्न स्थानहरुमा मानिसहरु भेला भएका थिए। तीनधारेको १७ माईल‌ फाटक लगायत विभिन्न स्थानहरुमा मानिसहरुले गायक प्रशान्त तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। विशेष गरेर तीनधारेको‌ होटेल गैरी परिसरमा तीनधारेका विभिन्न क्षेत्रका व्यक्तिहरुले गायक प्रशान्त तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।‌ यस अवसरमा राजनीति, सामाजिक, शिक्षण, खेलकूद, संगीत क्षेत्रका मानिसहरु र वरिष्ठ नागरिकहरु साथै अन्यले श्रध्दाञ्जली अर्पण गरेका थिए। यसको साथै घैयाबारी र महानदी क्षेत्रमा पनि मानिसहरुले गायक प्रशान्त तामाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।‌ महानदीबाट गायक प्रशान्त तामाङको पार्थिव शरीरलाई खरसाङ हुँदै दार्जिलिङ लगिएको थियो।

About Author

Advertisement