तीनधारे-महानदी समष्टिको स्वतन्त्र प्रार्थी सुरेशचन्द्र दर्नालको पक्षमा तीनधारेमा चुनावी सभा सम्पन्न

Suresh-Chandra-Darnal


खरसाङ: जीटीए चुनावको लागि ३१  नम्बर समष्टि तीनधारे-महानदी समष्टिमा स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड़िरहेका सुरेशचन्द्र दर्नालको पक्षमा चुनाव सभा सम्पन्न भयो। उक्त चुनाव सभा तीनधारेको राजबारीको १, २, ३ र ४ नम्बर वार्डहरूका ग्रामवासीहरूसँग राजबारीस्थित जनसेवा संघ भवनमा स्वतन्त्र उम्मेदवार सुरेश चन्द्र दर्नालले सभा गरेका छन्। यस सभामा संघ भवनका भूतपूर्व सभापति, समाज सेवक, वरिष्ठ नागरिक साथै पूर्व शिक्षक स्वतन्त्र प्रार्थी सुरेशचन्द्र दर्नालले आफ्नो वक्तव्यमा आउँदो दिनहरूमा हाम्रो ग्रामवासीहरूको निमित्त काम गर्ने प्रतिबद्ध जाहेर गरेका छन्। ग्रामवासीहरूले पनि यसपालीको भोट स्वतन्त्र उम्मेदवार सुरेशचन्द्र दर्नाललाई नै बहुमत भोट दिएर विजय तुल्याउन हाम्रो जिम्मेवार हो भन्ने वचन दिएको दाबी गरिएको छ।

About Author

Advertisement