तीनधारे पुलिस आउट पोष्टमा नयाँ ईन्चार्च बीरेन्द्र छेत्रीले तीनधारे क्षेत्रको शान्ति र सुरक्षाको लागि कार्य गर्ने

IMG-20230513-WA0262.jpg

खरसाङ: तीनधारे पुलिस आउट पोष्टमा नयाँ पुलिस अधिकारी एसआई बीरेन्द्र छेत्री ईन्चार्चको रूपमा आएका छन्। उनी तीनधारे पुलिस आउट पोष्टको ओसी रहनेछन्। एसआई बीरेन्द्र छेत्री योभन्दा अघि दिलराम पुलिस आउट पोष्टमा कार्यरत् थिए। तीनधारे पुलिस आउट पोष्टको नयाँ ओसीले पदभार सम्हालेको अवसरमा तीनधारे महानदी समष्टीका सभासदहरूले नवराज छेत्री लगायत स्थानीयहरू उनलाई भेट गर्न साथै स्वागत जनाउन पुगेका थिए। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। तीनधारे पुलिस आउट पोष्टको ओसी भएर आएका एसआई बीरेन्द्र छेत्रीले तीनधारे क्षेत्रमा जनताको लागि शान्ति र सुरक्षाको लागि कार्य गर्ने भनी एक प्रश्नको उत्तरमा बताएका छन्। उनले आफ्नो लक्ष्य भनेको तीनधारे क्षेत्रमा जनताको आशा अनुरुप शान्ति र स्थापना गर्ने अनि क्राइममुक्त बनाउने बताएका छन्। उनले जनताको दु:ख र समस्या बुझेर जनताको आशा अनुरुप काम गर्ने, अशान्तिमुक्त र क्राइममुक्त बनाउन कार्य गर्ने साथै जनताले शान्ति र सुरक्षाको लागि कार्य गर्ने पनि बताएका छन्।

About Author

Advertisement