तीनधारे निवसी शिक्षक कमल रिजालको निधन

IMG-20230605-WA0365.jpg

तीनधारेमा शोक सभा सम्पन्न

खरसाङ: तीनधारेको सत्र माइलस्थित ग्राम सुधार समिति प्राथमिक पाठशालाको प्रधान अध्यापक कमल रिजालको निधन भएको छ। उनको आज आकस्मिक निधन भएको छ। उनलाई अलि अलि ज्वारो र डायरिया भएको थियो भनी जानकारी प्राप्त भएको छ। तीनधारेको सत्र माइल फाटक निवासी एंव ग्राम सुधार समिति प्राथमिक पाठशालाको प्रधान अध्यापक साथै हिल तराई प्राथमिक शिक्षक संगठन केन्द्रीय समितिको सदस्य एंव तीनधारे सर्कलको सल्लाहकार कमल रिजालले आफुपछि पत्नी, छोरा र छोरी छोड़ी गएको बताइएको छ। प्रधान अध्यापक कमल रिजालको निधनमा तीनधारेमा शोक सभा पनि आयोजना गरिएको छ।ग्राम सुधार समिति प्राथमिक पाठशाला तीनधारेका प्रधान शिक्षक कमलबहादुर रिजालको आज बिहान निधन भएको दु:खद घडीमा तीनधारेका अवकाशप्राप्त शिक्षक अनि कार्यरत् शिक्षक कल्याण संगठनद्वारा एक सभा आयोजना गरी कमल रिजालका दिवङ्गत आत्माले शान्ति पाउन् भनी एक मिनटको मौन धारण साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। स्व कमल रिजाल शिक्षा, सामाजिक क्षेत्रमा योगदान र जीवनीबारे उपस्थित शिक्षक-शिक्षिकावर्गद्वारा आ-आफ्नो भनाई राख्दै उनी एक मृदुभाषी , सरल, विनम्र स्वभावका समाजसेवी साथै शिक्षण पेशाबाहेक पनि चित्रकला, हस्तकला, संगीत, साहित्य कलाले सम्पन्न बहुप्रतिभावान शिक्षक थिए भनी बताएका छन्। उनी श्री सत्य साई सेवा संगठन तीनधारेका एक सक्रिय सेवादल साथै सदस्य थिए। उनको निधनले तीनधारे क्षेत्रका शिक्षक-शिक्षिकागण, विद्यार्थीवर्गलाई ठूलो आगाध पुगेको पूर्व प्रधान शिक्षक पूर्णकुमार मास्के अनि सुरेश चन्द्र दर्नाल साथै अन्यान्य वक्ताहरूले आ-आफ्नो भनाईमा व्यक्त गरेका छन्। प्रधान शिक्षक महेन्द्र तामङद्वारा सञ्चालन गरेका उक्त शोक सभामा पूर्व प्रधान शिक्षक रञ्जनकुमार रसाइली, शिक्षक बिमल दर्जी प्रमुखका साथै क्षेत्रका धेरै शिक्षक-शिक्षिकावर्ग, अभिभावकवर्ग र विद्यार्थीहरू उपस्थित रहेको थिए भनी तीनधारेबाट पूर्व शिक्षक सुरेशचन्द्र दर्नालले जानकारी दिएका छन्।

About Author

Advertisement