खरसाङ: युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा नर्थ बेंगल फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा नर्थ बेंगल फुटबल क्लबले मङ्पु युथ क्लबलाई एकतर्फी खेलमा ५-१ को अन्तरले पराजित गर्दै सजिलै क्वाटर फाइनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो चरणको खेलमा नर्थ बेंगल फुटबल क्लबले भटाभट गोल गर्दैै ५ गोल गरेका थिए भने मङ्पु युथ क्लबको तर्फबाट केवल एक गोल मात्र गर्न सकेको थियो। तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा दोस्रो चरणको खेल हेर्न आएका दर्शकहरुका लागि भनेको जस्तो खेल हुन सकेन। यस खेलमा उत्कृष्ट प्रदर्शन नर्थ बेंगल फुटबल क्लबका खेलाडी राजेस सिंहलाई म्यान अफ् द म्याच चयन गरिएको छ। आजको खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सचिव रञ्जित थापाले युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टमा आज भएको खेलमा नर्थ बेंगल फुटबल क्लबले मङ्पु युथ क्लबलाई एकतर्फी खेलमा ५-१ को अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको बताएका छन्। उनले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेल १२ जनवरीमा तोकिएको भए पनि केही कारणले उक्त फाइनल खेल आगामी १० जनवरीमा हुने भएको जानकारी गराएका छन्। उनले तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेल १० जनवरीमा हुने भएकोले सम्पूर्ण फुटबलप्रेमी दर्शकहरुलाई गत उक्त फाइनल खेलमा उपस्थित भईदिने अनुरोध गरेका छन्। अब शुक्रबार हुने खेल युकेएफसी र राईजिङ स्टारमाझ सम्पन्न हुने भएको छ।









