तीनधारे चियाबारीको भुले गाउँसम्म पुग्ने सडक निर्माणको लागि शिलान्यास

IMG-20260127-WA0074

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे चियाबारी क्षेत्रमा नयाँ रोड निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ‌।‌ तीनधारे चियाबारीको चिलाउनेधुरादेखि भुले गाउँसम्म पुग्ने सडक निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ‌।‌ ४.२ किलोमिटर रहेको उक्त रोडको लागत खर्च ४ करोड ६३ लाख ६० हजार २०४ रुपियाँ रहेको छ। यसको साथै तीनधारे चियाबारीको प्रधानमन्त्री ग्राम सडक योजना क्षेत्रदेखि भुले गाउँसम्म स्थियिकरण ढलान कार्यको पनि शिलान्यास गरिएको छ। उक्त कार्य २.५ किलोमीटरको ९७ लाख ८५ हजार ६ सय ५ रहेको छ। उक्त शिलान्यास कार्य तीनधारे चियाबारीको कारखाना नजिक क्षेत्रमा सम्पन्न गरिएको थियो। यस शिलान्यास कार्यक्रममा सभाध्यक्षको रुपमा सनबहादुर तामाङ रहेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा क्षेत्रीय सभासद नवराज छेत्री, कर्माध्यक्ष साजन दर्जी, घैयाबारी ग्राम पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, तीनधारे चियाबारीको प्रबन्धक लगायत अन्यहरु उपस्थित रहेका थिए। सुकुमार बराइलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले राखेका थिए।‌ कार्यक्रमको प्रमुख अतिथि र विशिष्ट अतिथिका बाहुलीबाट शिलान्यास गरिएको छ। कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको छ। यस कार्यक्रममा कर्माध्यक्ष साजन दर्जीलाई सम्मान जनाइएको छ। यस शिलान्यास कार्यक्रममा प्रमुख अतिथि खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री, क्षेत्रीय सभासद नवराज छेत्री, तीनधारे चियाबारीको प्रबन्धकले पनि वक्तव्य राखेका थिए। यस शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिको तर्फबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सचिव अनिल राई र अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधानले तीनधारे चियाबारी क्षेत्रमा दीर्घकालीन रोड निर्माणको लागि शिलान्यास गरिएकोमा जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।

यसको साथै स्थानीयहरुले पनि तीनधारे चियाबारीको भुले गाउँसम्म पुग्ने रोडको निर्माण कार्यको लागि शिलान्यास गरिएकोमा खुसी व्यक्त गरेका छन्।

About Author

Advertisement