तीनधारे क्षेत्रमा ईस्टर पालन

IMG-20230409-WA0206.jpg

तीनधारे: ईसाई धर्मावलम्बीहरूका लागि विशेष दिन मानिने ईस्टर सण्डे तीनधारे क्षेत्रको विभिन्न चर्चहरूमा पालन गरिएको छ। तीनधारे क्षेत्रमा रहेको विभिन्न चर्चहरूमा येशु ख्रीष्ट पुनरुत्थान भएको विशेष दिनलाई पालन गरिएको छ। यीशु ख्रीष्टले क्रुसमा बलिदान दिएपछि तीन दिनपछि बौरी उठेको अर्थात् पुनरुत्थान भएको घटनालाई लिएर इसाई धर्मावलम्बीहरूले विस्वास गर्दै प्रार्थना सभाहरू साथै भजन कीर्तन गरेर ईस्टर सण्डे पालन गरिएको छ। विशेष गरी इसाई विस्वास अनुसार येशु ख्रीष्ट मानव जातिको पापको लागि संसारमा मानव जीवन लिएर जन्मनु भएपछि क्रुसमा बलिदान दिएको हो। क्रुसमा बलिदान भएर मरेपनि तीन दिनपछि बौरी उठेको अथवा पुनरुत्थान भएको कुरालाई विश्वास गरेर इसाईहरूले ईस्टर पालन गरेका छन्। यस अवसरमा विभिन्न चर्चहरूमा भजन गाउँदै खुशी मनाउँदै अनि येशु ख्रीष्ट पुनरुत्थान भएको खुशीमा धन्यवादसहित गवाहीहरू बाँड्ने कार्यक्रम सम्पन्न गरिएको छ। यस अवसरमा विभिन्न चर्चहरूमा ईस्टर उत्सवको रूममा पालन गरिएको छ। ईस्टरको अवसरमा इसाई धर्मावलम्बीहरूले बाईबलबाट वचन प्रचार गर्दै बाईबलका घटनाहरूमाछि विस्वास राखेर ईस्टर पालन गरेका छन्। योभन्दा ठीक तीन दिन अघि शुक्रबारको दिन सबैले गुड फ्राईडे पालन गरेका थिए भने तीनपछि मृत्युलाई जितेर येशु ख्रीष्ट बौरी उठेको भन्ने विस्वासको साथमा आईतबार ईस्टर पालन गरिएको छ।

About Author

Advertisement