तीनधारेमा महाशिवरात्री पूजा सम्पन्न

IMG-20250226-WA0285

खरसाङ: विभिन्न स्थानहरुमा जस्तै तीनधारेमा पनि महाशिवरात्री भक्तिभावको साथमा पालन गरिएको छ। तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा शिवरात्रीको अवसरमा पूजा अर्चना सम्पन्न भएको छ। यस मन्दिरको पूजारी गुरुजी राजेन निरौलाको अगुवाईमा बिहानदेखि नै पूजा अर्चना, रुद्री पाठ साथै प्रवचन दिइएको छ। महाशिवरात्री पर्वको उपलक्ष्यमा तीनधारेको रामेश्वर शिवालय मन्दिरमा विश्व शान्ति र भक्तजनको भलाईको लागि पूजा पाठ साथै रुद्री पाठ गरिएको र बिहानैदेखि जलाभिषेक गरेर पूजा अर्चना गरिएको छ। शिवरात्रीको पावन अवसरमा तीनधारेको रामेश्वर शिवालय मन्दिर सुधार समितिको सचिव विनयकुमार छेत्रीले सबैलाई शुभकामना शुभेच्छा दिन्दै सबैको भलाई र उन्नतिको कामना गरेका छन्।

About Author

Advertisement