तीनधारेमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा र बुथ स्तरीय चुनाव कमिटी गठन

IMG-20260319-WA0097

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारे खण्ड समितिको आयोजनामा तीनधारेको मिठाईडाँडास्थित बुथ नम्बर २४८ मा चुनावी सभा साथै बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। उक्त चुनावी सभा पदमबहादुर राईको अध्यक्षता र घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, सभाध्यक्ष पदमबहादुर राई आदिले सम्बोधन गरेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सभापति एवं कर्माध्यक्ष साजन दर्जी, सचिव अनिल राई, पञ्चायत सदस्यहरु दिपेन्द्र तामाङ, बिनिता गजमेर, विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको सभापति सुभम प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। यसै सभामा २४८ बुथ स्तरीय चुनाव कमिटी गठन गरिएको छ। उक्त कमिटीमा मुख्य संयोजकको रूपमा बिनिता गजमेर लगायत सह संयोजकहरु, सल्लाहकारहरु, कोषाध्यक्ष लगाएर ३५ जनाको कमिटी गठन गरिएको छ।

About Author

Advertisement