तीनधारेमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न

IMG-20250707-WA0111

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सभा रबि सुब्बाको अध्यक्षतामा सम्पन्न भएको छ। तीनधारेको होटल गैरीस्थित वरिष्ठ नागरिक कल्याण संगठनको‌ भवनमा सम्पन्न सभालाई सीबी भुजेलले सञ्चालन गरेका थिए। सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो खरसाङ महकुमा समितिको सह सचिव सञ्जीव लामा, तीनधारे खण्ड समितिको सल्लाहकार बिनय छेत्री र सभाध्यक्ष रबि सुब्बाले पनि सम्बोधन गरेका थिए।‌ सभामा तीनधारे खण्ड समितिको सभापति एंव कर्माध्यक्ष साजन दर्जी, सचिव अनिल राई, उपाध्यक्ष सोनाम लामा, नारी शक्ति तीनधारे महानदी समष्टिको सह सचिव सिर्जना तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए‌। सभामा पार्टीको सांगठनिक गतिविधिहरु र तीनधारेमा अस्पताल विषयमा चर्चा परिचर्चा गर्दै वक्ताहरुले विभिन्न सुझावहरु राखेका थिए। सभामा विशेष गरेर आगामी २७ जुलाईमा हुने शहीद दिवस पालन गर्दै शहीदहरुप्रति श्रद्धाञ्जली अर्पणको कार्यक्रम आयोजना विषयमा चर्चा परिचर्चा गर्दै यसको लागि कमिटी गठन गर्नलाई सभा राखिएको थियो। सभामा अस्पताल विषयमा चर्चा परिचर्चा गर्दै यस विषयमा छलफल गरिएको छ। यस विषयमा क्षेत्रीय सभासद नवराज छेत्रीले विशेष पहल गरिरहेको र आगामी दिनमा अस्पताल विषयमा तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरुलाई लिएर सभा आयोजना गर्ने तथा हस्ताक्षर अभियान चलाएर जीटीएका प्रमुख कार्यपाल अनित थापालाई भेट्ने सभामा निर्णय गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement