खरसाङ: तीनधारेको राजबारी युउथको आयोजनामा तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको फुटबल टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा मिठाईडाँड़ा र दुई नम्बर बस्ती बिजय भएर क्वाटर फाइनलमा प्रवेस गरेको छ। आज भएको पहिलो खेल नयाँ कमान र मिठाईडाँड़ा प्रगति संघमाझ सम्पन्न भएको थियो। उक्त खेलमा निर्धारित समयावधि दुवै दलमाझ २-२ गोलमा बराबरीमा समाप्त भएपछि पेनल्टी शुट खेलाइएको थियो। पेनल्टीमा मिठाईडाँड़ाले नयाँ कमानलाई ५-३ को अन्तरले जित्दै क्वाटर फाइनलमा प्रवेस गरेको छ। आज भएको दोस्रो खेल दुई नम्बर बस्ती र चुनभट्टीमाझ सम्पन्न भएको थियो जसमा दुई नम्बर बस्तीले चुनभट्टीलाई ४-१ को अन्तरले पराजित गरी क्वाटर फाइनलमा प्रवेस गरेको छ। आजको खेलमा मुख्य निर्णायकको रूपमा शिवराज मंगर थिए भने अन्यमा मेसाङ तामाङ र अमीत राई रहेका थिए भनी आयोजक समितिको पक्षबाट भुवन प्रधानले जानकारी गराएका छन्। उनले बताए अनुसार अब क्वाटर फाईनल खेल आगामी १५ अप्रेलको दिन हुने भएको छ। उक्त क्वाटर फाईनल खेलक पहिलो खेला तीनधारे भेटरेन र मित्र संघ गोलाई पाखामाझ अनि दोस्रो खेल सिपाहीधुरा लिंकन क्लब र हिरो बजार तीनधारेमाझ हुने भएको छ।









