तीनधारेमा भईरहेको क्रिकेट टुर्नामेन्टमा गैरी गाउँ र लिंकन क्लब सिपाहीधुरा सेमी फाइनलमा प्रवेस

खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको क्रिकेट टुर्नामेन्ट अन्तर्गत शनिवार पहिलो क्वाटर फाईनल खेल सम्पन्न भएको छ। पहिलो दुईवटा क्वाटर फाईनल खेलमा जीत हाँसिल गर्दै गैरी गाउँ र लिंकन क्लब सिपाहीधुरा सेमी फाइनलमा प्रवेस गरेको छ। पहिले क्वाटर फाईनल खेल गैरी गाउँ र युनाईटेड क्रिकेट टिममाझ सम्पन्न भएको छ। उक्त खेलमा टस जितेर युनाईटेड क्रिकेट टिमले पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा ८६६ पन बनाएको थियो। यस टिमको तर्फबाट युवराज प्रधानले सर्वाधिक ३४ रन बनाएका थिए। दोस्रो इनिङसमा ८७ रनको लक्ष्यलाई खेदो गर्दै गैरी गाउँले ६ विकेट गुमाएर लक्ष्यलाई हाँसिल गरेर खेल जीतेका थिए। गैरी गाउँको पक्षमा मनु राजबरले १८ रन अनि प्रयास प्रधानले २२ रन साथै ३ विकेट पनि लिएका थिए। गैरी गाउँको पक्षमा सुमन लोहारले २.३ ओभर बल हरेर एक मेडनसहित ४ विकेट लिएर आफ्नो टिमलाई जीत दिलाएका थिए। त्यसरी नै अर्को क्वाटर फाईनल खेलमा हिरो बजार तीनधारेलाई लिंकन क्लब सिपाहीधुराले पराजित गरी सेमी फाइनलमा प्रवेस गरेका छन्। यस दोस्रो क्वाटर फाईनल खेलमा टस जितेर हिरो बजार तीनधारेले पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा 96 रन बनाएको थियो। हिरो बजारको पक्षमा अनुराग लकान्द्रीले सर्वाधिक ३६ रन बनाएका थिए। लिंकन क्लब सिपाहीधुराले ९७ रनको लक्ष्यलाई खेदो गर्दै ५ विकेट गुमाएर जीत हाँसिल गरेका थिए। सिपाहीधुराको पक्षमा प्रनेस प्रधानले ३१ र सौरभ शंकरले १९ रन बनाएका थिए।

About Author

Advertisement