तीनधारेमा नेपाली भाषा मान्यता दिवस पालन

IMG-20250820-WA0119

तीनधारे: साहित्य कला संस्थान् तीनधारेको आयोजनामा तीनधारेमा नेपाली भाषा मान्यता दिवस पालन गरिएको छ। साहित्य कला संस्थान् तीनधारेको अध्यक्ष रञ्जनकुमार रसाइलीको अध्यक्षता र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भाषा मान्यता दिवस कार्यक्रमलाई उत्तम शर्माले सञ्चालन गरेका थिए। कार्यक्रममा भाषा मान्यता दिवस र नेपाली भाषा मान्यताको आन्दोलन विषयमा साहित्य कला संस्थान् तीनधारेको मूल सचिव सन्तोष लामा, दिपक प्रधान, उत्तम गिरी र विनयकुमार छेत्रीले वक्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि सभासद नवराज छेत्रीले नेपाली भाषालाई लिएर भविष्यमा नयाँ पुस्तालाई अलिक जागरुक गराउन पर्ने आवश्यकतामाथि जोड दिएका छन्।‌ कार्यक्रममा अध्यक्षीय सम्भाषण एंव धन्यवाद ज्ञापन सभाध्यक्ष रञ्जनकुमार रसाइलीले राखेका थिए। कार्यक्रममा साहित्य कला संस्थान् तीनधारेको सदस्यहरु उपस्थित रहेका थिए।

About Author

Advertisement