तीनधारेमा चार दिवसीय ल्हाबाब दुइछेन बौद्ध धार्मिक पर्व पालन गरिने

IMG-20221108-WA0373.jpg

खरसाङ: सदा वर्ष झैं यस वर्ष पनि गुरू मैत्री संघ तीनधारेको आयोजनामा तथा खरसाङ निवासी आमन्त्रित धर्म गुरू फन्छोग पाख्रिनको धार्मिक अगुवाईमा आगामी १२ नोभेम्बर शनिवारदेखि १५ नोभेम्बर मंगलवार २०२२ सम्म चार दिवसीय ल्हाबाब दुइछेन बौद्ध धार्मिक पर्व छयोलिङ्ग गुम्बा मिठाई डाँड़ा तीनधारेमा सम्पन्न हुने भएको छ। स्मरण रहोस् १२ नोभेम्बर शनिवार अनि १३ नोभेम्बर आइतबार बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म बुम पाठ तथा १४ नोभेम्बर सोमबारदेखि बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म डोल्मा पूजा एवम सोही दिन दिउँसो २ बजेदेखि ग्यासी पूजा सम्पन्न गरिने संघका सभापति अनित स्याङ्देनले बताएका छन्‌।

अझ थप जानकारी दिँदै १५ नोभेम्बर मंगलबार समापन दिवसमा सामुहिक पूजा औ सय वर्ष पुग्नु भएका स्थानीय तीनधारे सिविटार निवासी धर्म गुरू लावाङ्ग दोर्जे (स्याङदेन म्हेम्हे) द्वारा अभिषेक वितरण गरिने जनाएका छन्‌। त्यसर्थ संघका सचिव साङ्गे योञ्जनले उक्त धार्मिक कार्यक्रममा सम्पूर्ण धर्मानुरागी महानुभावहरू उपासक उपासिका दातावर्ग साथै समस्त शुभ चिन्तक महानुभावहरूलाई धर्मोपदेगको रसास्वादन औ धर्मगुरूहरूको आर्शीवाद ग्रहण गर्न उपस्थित भइदिने आह्वान् गरेका छन्।

About Author

Advertisement