तीनधारेमा गएको पैह्रोले रेल सेवा अझैं वाधित

IMG-20220903-WA0145.jpg

खरसाङ: न्यु जलपाईगुडीदेखि दार्जिलिङसम्मको टोय ट्रेन सेवा ६ सेप्टेम्बरसम्म बन्द रहने सूचना प्राप्त भएको छ। रेलवेको अधिकारीहरूबाट प्राप्त जानकारी अनुसार सिलगढी र दार्जिलिङमा केही दिनदेखि परेको अविरल वर्षाका कारण तीनधारेको १७ माइलमा गएको पैह्रोले गर्दा ट्रोय ट्रेन सेवा अवरुद्ध भएको छ।

ट्रोय ट्रेन सेवा आगामी ७ सेप्टेम्बरदेखि सुचारु हुनसक्ने रेलवे अधिकारीले बताएका छन्। आज पनि तीनधारेको १७ माइलमा गएको पैह्रो सफा गर्ने कार्य सम्पन्न गरिएको छ। तर पनि पैह्रो सफा गरेर ट्रेनको बाटो खोल्नलाई अझैं लाग्न सक्ने देखिएको छ।

उल्लेख्य छ गत बिहीबार तीनधारेको १७ माइलमा गएको पैह्रोको कारणले ट्रोय ट्रेन बन्द अवस्थामा रहेको छ।

About Author

Advertisement