तीनधारे: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुई तीनधारे क्षेत्रमा वर्तमानमा चलिरहेको मतदाता विशेष गहन संसोधन एसआईआरको सुनवाई सम्पन्न भएको छ। यस सुनवाईको क्रममा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने ६ वटा बुथका जम्मा ८०० जना जतिको सुनवाई सम्पन्न भएको छ। मानिसहरू सबैले साँझसम्म बसेर सुनवाई गरेको जानकारी प्राप्त भएको छ। उक्त सुनवाईको क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको पदाधिकारीहरु र कार्यकर्ताहरुले मतदाताहरुलाई विभिन्न विषयमा सहयोग गरेको जानकारी प्राप्त भएको छ। सबैले मतदाताहरुलाई लाइनमा पानी वितरण गरेको साथै कतिपय कुराहरुमा सहयोग गरेको जानकारी प्राप्त भएको छ। उक्त सुनवाईमा उच्च पदाधिकारीहरु साथै सूक्ष्म पर्यवेक्षकद्वारा गरिएको बताइएको छ। एसआईआरको सुनवाईलाई लिएर मामिसहरुमा मिश्रित प्रतिक्रिया रहेको देखिको छ।यस सुनवाईमा चियाबारी क्षेत्रबाट कतिजनाले चियाबारीको हाजिरा माया मारेर सुनवाईमा आएको र एसआईआरको सुनवाईमा धेरै दुःख पाएको पनि प्रतिक्रिया व्यक्त गरेका छन्। एसआईआरको सुनवाईमा आएका तीनधारे चियाबारी क्षेत्रका मानिसहरुले आफुहरु कमानको हाजिरा माया मारेर सुनवाईमा आएको र लाइन लागेर बस्नु परेको अनि मतदाताहरुले दु:ख पाएको बताएका छन्। यो सुनवाई साँझसम्म चलेको बताइएको छ।









