खरसाड: तीनधारेमा आईजीजेएफको श्रमिक संगठनले राँके जुलुस निकालेको छ। यसको साथै सरकारको चौकीमा बस्नेहरूले श्रमिकहरूलाई चुनावमा मात्र सम्झिने गर्छ भनी आरोप लगाएका छन्। पहाड तराई डुवर्स क्षेत्रका चिया बगानहरूमा अविलम्ब मिनिमम वेजेस लागु गर्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले खरसाङको तीनधारे क्षेत्रमा राँके जुलुस निकालेको छ। यस राँके जुलुसमा चिया श्रमिकहरूको पनि उपस्थिति रहेको थियो। राँके जुलुसलाई सम्बोधन गर्ने क्रममा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको नेतृत्वहरूले सरकारमा बस्नेहरूले चुनावको समयमा मात्र चिया श्रमिकहरूको कुरा गर्ने गर्छ तर चुनाव सकेपछि मालिकवर्गलाई काखी चेप्छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले चिया बगानहरूमा मिनिमम वेजेस चाहिन्छ भन्ने विषय हरूको जानकारी गराउँदै राज्यको श्रम मन्त्रालयदेखि लिएर सम्बंधित विभागीय अधिकारीहरूलाई पत्रचार गर्ने काम गर्दै आइरहेको बताएका छन्। आजको महंगाइको समयमा कम रोजीले चिया श्रमिकहरूले आफ्नो घर परिवारहरूको पालन पोषण गर्न धेरै गाह्रो भइरहेको छ। स्पष्ट शब्दमा भन्नु हो भने यति कम रोजीले श्रमिकहरूको पेटमा आगोको ज्वाला सल्किरहेको छ। श्रमिक आमा बाउहरूले आफ्नो नानीहरूलाई राम्रो स्कुल,कलेज पठाउन सकि रहेको छैन। राम्रो खाना दिनु सकेको छैन, एक जोडी राम्रो लुगा दिनु सकेको छैन। घर बिल्डिङहरूको निर्माण गर्ने मिस्त्रीहरूको दैनिक रोजी हजार रूपिया छ तर हरियो सुनको उत्पादन गर्ने चिया श्रमिकहरूको रोजी २ सय २० रूपियाँ छ यो कस्तो विडम्बना!यति कम रोजीमा श्रमिकहरूले आफ्नो जीविका कसरी चलाउदैछ यस विषयमा कुनै सरकारको चौकीमा बस्नेहरूले सोधेको छैन। सरकारले केवल मालिकवर्गलाई काखीमा चेप्ने काम गर्छ।मिनिमम वेजेस यतिका वर्षहरू बितिसक्दा पनि किन लागु हुन सकेको छैन सरकारको चौकीमा बस्नेहरूलाई हाम्रो प्रश्न छ।

चिया श्रमिकहरूको पीएफहरू मालिकहरूले दिएको छैन तर ती मालिकहरू विरुद्ध सरकारले कार्यवाही गरेको छैन। सरकारको चौकीमा बस्नेहरूले चिया श्रमिकहरूलाई केवल चुनावको समयमा प्रयोग मात्र गर्ने गर्छ। हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघ जहिले पनि श्रमिकहरूको पक्षमा खडा भएको छ साथै खडा रहनेछ। मिनिमम वेजेसको मुद्दा हामी फत्ते गराएरै छोडने छौ,यदि यसको निम्ति सडकमा ओर्लिन परेको खण्डमा हामी सडकमा पनि ओर्लिने छौ।










