खरसाङ: ईण्डियन गोर्खा जनशक्ति फ्रन्टका तीनधारे १७ माईल गाउँबाट चार परिवारले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समर्थन गरेका छन्। समर्थन जनाउनेहरुको पक्षमा विकास सुनारले भने, हामीले विगतमा धेरै गल्ती गरेछौं। तर अब यस्तो गल्ती गर्नेछैनौं। यसको साथै तीनधारे क्षेत्रको विकासको पक्षमा हामी रहेको अनि विकास केवल अनित थापाबाट सम्भव देखेका छौं। यसै कारणले हामीले भागोप्रमोलाई समर्थन जनाएका छौं। यस समर्थन कार्यक्रममा भागोप्रमो तीनधारे खण्ड समितीको सचिव अनिल राई, घैयाबारी ग्राम पञ्चायत दुईको उप-प्रधान रञ्जित थापा, सल्लाहकार रोहित दर्जी,
विद्यार्थी महासंघ महानदी तीनधारे सम्मष्टिको सभापति सुभव प्रधानको बिशेष उपस्थिति रहेको थियो।










