तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउन विभागीय सर्वेक्षण

IMG-20230421-WA0283.jpg

स्थानीयहरूद्वारा खुशी व्यक्त

तीनधारे: आज तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउनलाई विभागीय रूपमा अन्तिम सर्वेक्षण गरिएको छ। आजको सर्भेको रुप अनुसार अबको केही दिनमा नै यस क्षेत्रमा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा अनि क्षेत्रीय सभासद नवराज छेत्रीले तीनधारे क्षेत्रका सम्पूर्ण क्षेत्रवासीहरुलाई तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाएर उपहार दिने भएको छ। मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउनलाई आज अन्तिम रुप दिन खरसाङ ईञ्जिनियरिङ विभागबाट सहायक अभियन्ता बिपिन प्रधान अनि सह सहायकको विशेष टोलीले सर्वेक्षण गरेका थिए। विभागीय टोलीसित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित रहेका थिए। अबको केही समयमा नै यहाँ एउटा नव खेल मैदान बनिने तय भएकोले सबैमा खुशीको माहोल बनेको छ। मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियमको रूप दिने कार्यको लागि क्षेत्रवासीहरुले खुशी प्रकट गर्दै जीटीए चिफ् अनित थापा र क्षेत्रीय सभासद नवराज छेत्रीप्रति आभार प्रकट गरेका छन्। मिठाईडाँड़ा खेल मैदानको विभागीय सर्वेक्षणपछि स्थानीयहरूका पक्षमा मिलन प्रधान, बिनयकुमार छेत्री, सनबहादुर तामाङ, सीबी भुजेल र पूर्व फुटबल खेलाड़ी धर्मराज राणाले पत्रकारहरूसित कुराकानी गर्दै तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउने भएकोमा खुशी व्यक्त गर्दै जीटीए चिफ् अनित थापा र क्षेत्रीय सभासद नवराज छेत्रीप्रति आभार प्रकट गरेका छन्। पाँचैजनाले तीनधारेको मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउनु सबैको लागि एकदमै राम्रो रहेको बताउँदै यो सबैले देख्ने विकास रहेको र यसले सबैलाई फाइदा हुने बताएका छन्।

उनीहरूले तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा पहिला पहिला प्रतिष्ठित फुटबल टुर्नामेन्टहरू आयोजना हुने गरेको र प्रसिध्द फुटबल खेलाड़ीहरू म्याच खेल्न आउने गरेको तर कालान्तरमा यो मैदान हार्ड हुँदै गएकोले प्रसिध्द खेलाड़ीहरू आउन छोड़ेको अनि यहाँ अहिले यहाँ खेल खेल्न असुविधा भईरहेको कारण खेल मैदान निक्कै जीर्णावस्थामा पुगेको थियो। तर अब यस खेल मैदान स्टेडियममा परिणत भए सबैलाई राम्रो हुने साथै तीनधारे क्षेत्रका नव प्रतिभाहरू र युवा फुटबल खेलाड़ीहरूका लागि राम्रो हुने बताएका छन्। प्राप्त जानकारी अनुसार मिठाईडाँड़ा खेल मैदानलाई स्टेडियम बनाउनलाई अबको केही दिनपछि नै शिलान्यास गरिने भएको छ।

About Author

Advertisement