तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूलमा मिजेल्स र रूबेला खोप कार्यक्रम सम्पन्न

IMG-20230224-WA0290.jpg

तीनधारे: तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूलमा मिजेल्स र रूबेला खोप कार्यक्रम सम्पन्न भएको छ। स्वस्थ्य विभागको निर्देशन एवं खण्ड प्राथमिक स्वस्थ्य केन्द्र सुकनाको पहलमा सम्पन्न यस कार्यक्रममा ब्लू डाइमण्ड स्कूलका जम्मा एक सय जना विद्यार्थीहरूलाई मिजेल्स रूबेलाको खोप लगायो। उक्त खोप कार्यक्रममा स्कूलका निर्देशक प्रह्लाद रसाइली, शिक्षक-शिक्षिकावर्ग, स्वस्थ्य केन्द्रका एएनएमद्वय विनुराधा खाती र प्रतिभा दर्नाल, मिजेल्स रूबेला खोपका इन्सपेक्टर उदय छेत्री एवं आशाकर्मीहरूको उपस्थिति रहेको थियो। उपस्थित स्वस्थ्य अधिकारीहरूले मिजेल्स रूबेला खोप लगाउने विषयमा अभिभावकवर्गलाई जानकारी गराए। उक्त कार्यक्रम सफल बनाउन स्कूलका शिक्षक-शिक्षिका अनि अभिभावकहरूको प्रत्यक्ष सहयोग रहेको स्कूलका प्राचार्य रवि सुब्बाले जानकारी दिएका छन्‌।

About Author

Advertisement