सिलगढी: नशालु मादक पदार्थ पिलाएर एउटी युवतीलाई दुष्कर्म गरेको खबर प्रकासमा आएको छ। तीनजना युवकहरूले एउटी युवतीलाई सिलगढी वाइपास इलाकास्थित एउटा लजमा लगेर नशालु पदार्थ पिलाएर दुष्कर्म गरेको थियो। २६ वर्षिय युवतीलाई दुष्कर्म गरेपछि पीडित युवतीले आशिघर थाना आउटपोस्ट पुलिस थानामा अभियोग दर्ता गरेको छ। यो घटना दर्ता भएपछि यथाशिघ्रै पुलिसले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवक एमडी बब्लुको रुपमा चिन्हित गरिएको छ। उक्त घटनामा संलग्न अन्य दुईजना आरोपीहरूलाई भने पुलिसले खोजीरहेको छ। अर्कोतिर पुलिसले घटनाको जाँच गहन रुपमा शुरु गर्नको साथै पीडित युवतीलाई मेडिकल जाँचका लागि पठाइएको बताइएको छ।








