तीजको विधानसभा उपाध्यक्षद्वारा हार्दिक शुभकामना व्यक्त

photocollage_2025826233158705

गान्तोक: राज्यकी उपाध्यक्ष राजकुमारी थापाले हरितालिका तीजको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
उपाध्यक्ष थापाले आज जारी आफ्नो सन्देशमा यस पवित्र पर्वले सम्पूर्ण आमा, दिदीबहिनी तथा समस्त नारी वर्गलाई खुशी, उमंग र उत्साहको साथसाथै जीवनमा शान्ति, समृद्धि र दिर्घायु प्रदान गरोस् भनी मंगलकामना गरेकी छन्।
उनले भनिन्, तीज केवल उपवास वा पूजा मात्र होइन, यो हाम्रो संस्कृति, परम्परा र नारीशक्तिको प्रतीक हो। तीजले आस्था, श्रद्धा र भक्ति मार्फत पारिवारिक सुख-शान्ति, समाजमा आपसी सद्भाव र मातृत्वको गौरवलाई अझ मजबुत बनाइरहेको छ।
उनले सबै आमा-दिदीबहिनीहरूको जीवनमा सधैं स्वास्थ्य, आनन्द, सौभाग्य र प्रगतिको ज्योति फैलिरहोस् भनी कामना गरेकी छन्। उनले हाम्रो संस्कृति र परम्पराको रक्षा गर्दै नयाँ पुस्तामा सकारात्मक प्रेरणा जागोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

About Author

Advertisement