गान्तोकः स्थानीय तिब्बती विधानसभा, छेटौं तिब्बती राज्य संघ र टिबेटन सेटलमेन्ट गान्तोकका प्रतिनिधिहरूले हिजो राज्यका राज्यपाल लक्ष्मणप्रसाद आचार्यसँग भेट गरे। यस शिष्टचार भेटमा प्रतिनिधिहरूले लोसार पर्वको राज्यपाललाई शुभकामना दिँदै लोसार पर्वको महत्वबारे विस्तृतरूपमा जानकारी गराए।
यसरी प्रतिनिधि टोलीद्वारा लोसार पर्वबारे जानकारी प्राप्त गर्ने अवसर प्राप्त गरेकोमा राज्यपालले टोलीलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्। यसका साथै उनले प्रतिनिधि टोलीलाई लोसारको शुभाकमना दिँदै उनीहरूको सुस्वास्थ्यको कामना गरेको राजभवनद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरेको छ।









