तिब्बती मामला मार्च हाँसीमारा आइपुग्यो

87b79add-caf0-4206-a958-1d19e5ee1851

कालचिनीः तिब्बती युवा कंग्रेसद्वारा गत २९ अप्रेलदेखि शुरु गरेको तिब्बती मामला मार्च शनिबार हाँसीमारा आईपुगेका छन्।
लगभग ८० जना तिब्बती युवा कंग्रेसको समूहले चीन-तिब्बत संघर्षको अन्तर्राष्ट्रिय समाधान गर्न भारतको प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विश्वको नेताहरूको ध्यान आकर्षित गर्न यो तिब्बत मामला मार्च सिक्किमबाट शुरु गरिएको बताईएको छ। तिब्बत युवा कंग्रेसको अध्यक्ष गोन्पो ढेन्ढुपले यो पैदल मार्च एक महीनासम्मको रहेको र बंगाल हुँदै असम राज्यको तेजपुरमा पुगेर समापन हुने जनाएका छन्।
मूलतः आगामी सेप्टेम्बरमा सम्पन्न हुने जी-२० शिखर सम्मेलनमा चीनी राष्ट्रपति शी जिनपिङसित चीन-तिब्बत संघर्ष मुद्दालाई उठाइदिने आग्रह गर्नलाई यो एक महीनाव्यापी पैदल तिब्बत मामला मार्च शुरु गरीएको जनाएका छन्। तिब्बती युवा कंग्रेसको पक्षबाट चीन सरकारले तिब्बतमा चलाइरहेको दमनकारी शासनले मानवाधिकारको हनन भईरहेको र यसले तिब्बती संस्कृति अनि पहिचानलाई कुठाराघात गरिरहेको आरोप लगाएको छ। शनिबार उक्त मार्चको दल हाँसीमारा गुरुद्वारामा बास बस्ने छ भने गुरुद्वारा साहेबको म्यानेजर चरणजीत सिंहले बस्ने खाने व्यवस्था गरिएको जनाएका छन्।

About Author

Advertisement