तारापीठ मन्दिरमा मुख्यमन्त्री तामाङको पूजा, शान्ति र समृद्धिको कामना

n6980526561769102486464db08e80e4838044f029dee798be55032a59182ce4f33c11b9dae14033b7e344f

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पश्चिम बंगालस्थित पवित्र तारापीठ मन्दिरको भ्रमण गरी राज्य र राज्यवासीको शान्ति, सद्भाव तथा समृद्धिका लागि पूजा–प्रार्थना गरेका छन्।मुख्यमन्त्री तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत तारापीठ मन्दिर भ्रमणको जानकारी दिँदै माता तारासँग सम्बन्धित आस्था र भक्तिको पवित्र स्थलमा पुग्न पाउँदा आफूलाई भाग्यशाली महसुस गरेको उल्लेख गरेका छन्। उनले राज्यवासीहरूको कल्याण, प्रगति र सुख–समृद्धिका लागि भक्तिपूर्वक तथा विनम्रतापूर्वक प्रार्थना गरेको बताएका छन्।मुख्यमन्त्री तामाङले माता ताराको अनुग्रहले राज्यलाई एकता, करुणा र सामूहिक विकासको मार्गमा निरन्तर मार्गदर्शन गरिरहने विश्वाससमेत व्यक्त गरेका छन्।

About Author

Advertisement