तामाङ समुदायलाई उम्मेदवार नबनाएकोमा सिक्किम लिम्बू तामाङ जोइन्ट एक्सन कमिटीद्वारा दुख व्यक्त

IMG-20240331-WA0349.jpg

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा चुनाउमा तामाङ समुदायलाई भारतीय जनता पार्टी र सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीले तामाङ समुदायलाई उम्मेद्वार नबनाएकोमा खेद प्रकट गरेको छ। आज राजधानीस्थित डीपीएच क्लोनीमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिक्किम लिम्बू तामाङ जोइन्ट एक्सन कमिटीका प्रवक्ता अदिप तामाङले दुईवटा राजनीतिक पार्टीले तामाङ समुदायलाई उम्मेदावरकोरूपमा टिकट नदिएकोमा दुःख व्यक्त गरे। यसरी जनजातिलाई टिकट नदिएर राज्यका सम्पूर्ण तामाङ समुदायलाई चोट पुऱ्याएको उनले मन्तव्य व्यक्त गरे। यसरी तामाङ समुदायलाई टिकट नदिएकोमा उनले संस्थाको तर्फबाट आपत्ति जनाएका छन्।

About Author

Advertisement