तामाङ बौद्ध संघद्वारा अलिपुरद्वार विश्वविद्यालयका उपकुलपति डा. महेन्द्रनाथ रायलाई सम्मान

IMG-20220801-WA0183.jpg

कालचिनी: हालै राज्य सरकारद्वारा अलिपुरद्वार विश्वविद्यालयका उपकुलपति डा. महेन्द्रनाथ रायलाई बंगभूषण उपाधिद्वारा सम्मानित गरेपछि तिनलाई शुभकामना तथा सम्मान प्रदान गर्ने क्रममा आज डुवर्स तामाङ बौद्ध संघको केन्द्रिय टोलीले पनि अलिपुरद्वार विश्वविद्यालयमा पुगेर उपकुलपति बंगभूषण डा. महेन्द्रनाथ रायसित विशेष साक्षात्कार गर्दै उपकुलपति डा. महेन्द्रनाथ रायलाई खदा पहिराएर शुभकामना साथै सम्मान प्रदान गरेको जानकारी आज डुवर्स तामाङ बौद्ध संघको अध्यक्ष धनबहादुर वाईबा र मूलसचिव कुमार गोलेले दिएका छन्| आज शुभकामना दिन पुगेका उक्त टोलीमा डुवर्स तामाङ बौद्ध संघको अध्यक्ष धनबहादुर वाईबा मूलसचिव कुमार गोले, संघको मुख्य प्रधान संरक्षक तथा कालचिनी ब्लक सभापति असिम पाखरीन र सचिव श्याम थोकर साथै अलिपुरद्वार विश्वविद्यालयको लेक्चरर बबी लामाको सहभागिता रहेको थियो|
सोही अवसरमा आज उरॉंव कुडुख जनजातिका प्रतिनिधिहरुले पनि उपकुलपति डा.महेन्द्रनाथ रायलाई विशेष सम्मान जनाएको थियो| यस अवसरमा अलिपुरद्वार विश्वविद्यालयको उपकुलपति बंगभूषण डा. महेन्द्रनाथ रायसित दुवै कुडुख औ तामाङ बौद्ध संघको प्रतिनिधिहरूले सौहार्दपूर्ण वार्तालाप गरेको थियो भने आगामी केही दिनभित्रै अलिपुरद्वार विश्वविद्यालयमा शुरु हुन गईरहेको ६ महीने क्षेत्रीय भाषा औ लोक संस्कृतिमाथि सार्टिफिकेट कोर्सबारे चर्चा चलेको थियो| उक्त भेंटवार्तापछि डुवर्स तामाङ बौद्ध संघको प्रतिनिधिहरूले एकदमै सौहार्दपूर्ण भेटवार्ता सम्मानीय उपकुलपति बंगभूषण डा. महेन्द्रनाथ रायसित भएको र तिनी एकजना सरल र गुणीलो स्वाभावको व्यक्तित्व रहेको जनाएका छन्| अलिपुरद्वार विश्वविद्यालयका क्षेत्रिय भाषा औ लोक संस्कृतिमाथि सार्टिफिकेट कोर्समा तामाङ जनजातिको भाषा र लोक संस्कृतिमाथि पनि यो सार्टिफिकेट कोर्स प्रारम्भ हुने भएकोले यस सम्बन्धित चर्चा चलेको पनि डुवर्स तामाङ बौद्ध संघको प्रतिनिधिहरूले जनाएका छन्|

About Author

Advertisement