ताप्लेजुङ र ओखलढुङ्गामा खुकुरी प्रहारबाट २ जना घाइते

IMG-20240928-WA0069

भद्रपुर: कोशी प्रदेशका ताप्लेजुङ र ओखलढुङ्गा जिल्लामा धारिलो हतियार खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका छन्।
ताप्लेजुङको फक्तालुङ गाउँपालिका लिङखिम २ का ५५ बर्षिय इन्द्रबहादुर लिम्बूलाई सो स्थानका ३६ बर्षिय गोपाल लिम्बुले खुकुरी प्रहार गरेका थिए। गोपालले पशु चौपायले कोदो खाएको निहुँमा बादबिवाद हुँदा टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएर थिए। खुकुरी प्रहार गर्ने प्रहरी चौकीको नियन्त्रणमा रहेको बताइएको छ। घाईतेलाई सामान्य उपचार पश्चात थप उपचारको लागि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको बुझिएको छ।
त्यसैगरी ओखलढुङगा मोलुङ गाउँपालिका-२ ढुस्के गएराति ९ बजेको समयमा अन्दाजी ७२ बर्षिय टेकबहादुर राईले घरायासी बिबाद हुँदा आफ्नै छोरा ४२ बर्षिय भेगराज राईलाई खुकुरी प्रहार गरेर घाइते बनाएका छन्। खुकुरी प्रहारबाट घाईते भई उपचारको लागि पठाएको जानकारी जिल्ला प्रहरी कार्यालय ओखलढुङगामा इप्रका बरुणेश्वर प्रहरी टोली गएर खुकुरी प्रहार गर्ने ब्यक्ति र खुकुरी नियन्त्रणमा लिएका छन्। घाईतेलाई सामुदायिक मिसन अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको बताइएको छ। घाइतेको देब्रे हातको नाडीमा गहिरो चोट, नाडीको हड्डी र नसा समेत काटिएको कारण तत्काल अवस्था बोल्न नसक्ने रहेको छ।

About Author

Advertisement