ताप्लेजुङमा पानीको ट्यांकीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

IMG-20250330-WA0113

ताप्लेजुङ: ताप्लेजुङको सिरिजंगा गाउँपालिका–४ मा एक बालिकाको डुबेर मृत्यु भएको छ। स्थानीय ६ वर्षीया बालिका इतुङना मावोको पानीको ट्यांकीमा डुबेर मृत्यु भएको हो। सिमेन्टले प्लास्टर गरिएको पानीको ट्यांकीमा डुबिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए। बेहोस अवस्थामा भेटिएकी उनलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन्। प्रहरीकाअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

About Author

Advertisement