ताइवानमा पनि शङ्कास्पद चिनियाँ बेलुन

00-1-Chinese-Ballon

ताइवानले चीनबाट आएको ‘वेदर बेलुन’ को अवशेष फेला पारेको जनाएको छ। ताइवानको सेनाका अनुसार उसले बिहीबार बिहान ११:०० बजे ताइवान नियन्त्रित डोंग्यिन टापुमा एउटा अज्ञात उड्ने वस्तु देखेको थियो। पछि यो बेलुन सुटिङ रेन्ज नजिकै खस्यो। यसको अवशेष ताइवानमा फेला परेको छ। प्रारम्भिक अनुसन्धान पछि, ताइवानी सेनाले यी अवशेषहरू मौसम पत्ता लगाउने उपकरणको अंश भएको बताएको छ। ताइवानका रक्षामन्त्री चिउ कुओ-चेङले शुक्रबार अधिकारीहरूले दुर्घटनाग्रस्त बेलुनबारे छानबिन गर्ने र “निष्कर्षमा नजाने” बताएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार वरिष्ठ रक्षा अधिकारी चेन यु-लिनले पहिलो पटक ताइवानका टापुहरूमा यस्तो बेलुनको अवशेष फेला परेको बताएका छन्। डोंग्यिन टापु नजिकै भेटिएको यो बेलुनको व्यास करिब एक मिटर थियो र यसमा चिनियाँ कम्पनीको नाम छापिएको थियो। ताइयुआन रेडियो नम्बर १ फ्याक्ट्री कम्पनी लिमिटेड नामको यो कम्पनी चीनको ताइयुआन शहरमा अवस्थित छ। यो शहर, जुन चीनको प्रमुख औद्योगिक स्थलहरू मध्ये एक हो, शान्सी प्रान्तको राजधानी पनि हो। केही दिनदेखि चीन र अमेरिकाबीच यस्ता बेलुनलाई लिएर तनाव चलिरहेको छ। यो महिना अमेरिकाको आकाशमा चिनियाँ बेलुन देखिएपछि शुरु भएको हो।

अमेरिकाले यसलाई चीनबाट पठाइएको जासुसी बेलुन भनेको छ। तर, चीनले यसलाई आफ्नो ठान्दै यो मौसमको अध्ययन गर्ने बेलुन भएको बताएको छ। चीनका अनुसार यो अमेरिकाको आकाशमा घुमेको थियो। अमेरिकाले साउथ क्यारोलिनाको समुन्द्रमा लडाकु विमानबाट खसालेको हो। यसप्रति चीनले कडा आपत्ति जनाएको छ। पछि क्यानडा र अमेरिकाको आकाशमा यस्तै अरु केहि अज्ञात कुराहरु देखियो।

About Author

Advertisement