नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विविध क्षेत्र एवं परम्पराहरूलाई प्रतिनिधित्व गर्ने तस्करी गरिएका १०५ प्राचीन कलाकृतिहरूलाई फर्काइदिएकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन्। वाशिङ्गटन डीसीमा भारतीय दूतावासको ट्वीटको जवाफ दिँदै प्रधानमन्त्री मोदीले बुधवार भने, ‘यसबाट हरेक भारतीय खुशी हुनेछन्। यसको लागि अमेरिकाको आभारी छु। यी बहुमूल्य कलाकृतिहरूले अत्यधिक सांस्कृतिक औ धार्मिक महत्व राख्दछन्। यिनीहरूको घर फिर्ती हाम्रा धरोहर एवं समृद्ध इतिहासलाई संरक्षित गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण होl’ दूतावासले गए मंगलबार एउटा ट्वीटमा भनेको थियो, ‘भारतका विविध क्षेत्र अनि परम्पराहरूलाई प्रतिनिधित्व गर्ने तस्करी गरिएका १०५ प्राचीन वस्तुहरू घर फर्किरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक राजकीय यात्रा पश्चात अमेरिकाद्वारा सुम्पिइएको पुरावशेष दोस्री शताब्दी ईस्वी पूर्वको हो भने यसमा उल्लेखनीय सांस्कृतिक एवं धार्मिक धरोहर सामेल छl’
यसमध्येका केही पुरावशेषहरूमा राजस्थानबाट बाह्रौं-तेह्रौं शताब्दिको एउटा संगमरमरको मेहराब, मध्य भारतबाट १४-१५औं शताब्दिकी अप्सरा, दक्षिण भारतबाट १४-१५औं शताब्दीको सम्बन्दर र १७-१८औं शताब्दीको काँस्य नटराज सामेल छन्। उल्लेखनीय छ, गत सोमबार न्यूयर्कको वाणिज्य दूतावासमा आयोजित एक समारोहमा अमेरिकी अधिकारीहरूद्वारा दूतावासका अधिकारीहरूलाई यी पुरावशेष सुम्पिइएको छ। अब यी १०५ प्राचीन कलाकृतिहरू संयुक्त राज्य अमेरिकादेखि स्वदेश फर्किरहेका छन्। -हिस








